भ्यालेन्सियासँगको खेलमा गुडिनको दाँत झर्यो (ला लिगा नतिजा)

बार्सा नेपाल, माघ २२ । आइतबार राति सम्पन्न एथ्लेटिको मड्रिड र भ्यालेन्सियाबीचको खेलमा एथ्लेटिको मड्रिडका खेलाडी डिएगो गुडिनको दाँत झरेको छ । खेलको पहिलो हाफमा भ्यालेन्सियाका गोलकिपर नेटोसँग उनको चिउँडो ठोक्किएपछि उनको दाँत झरेको हो । उक्त घटना भएपछि उनी मैदान बाहिर आएका थिए । उनको बिकल्पमा खेलको ५४ औं मिनेटमा जुफ्रान गएका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई १–० गोलले हराएको थियो । खेलको ५९ औं मिनेटमा कोकेले दिएको पासमा एंगेल कोरियाले गरेको गोल नै ३ अंक जोड्न एथ्लेटिको मड्रिडको लागि पर्याप्त भयो ।

जितसँगै दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले शिर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दुरी ९ मा झारेको छ । बार्सिलोना आइतबार राति नै सम्पन्न खेलमा घरेलु प्रतिद्धन्दी इस्प्यानियोलसँग बराबरीमा रोकिएर अंक बाँडेको थियो ।

त्यस्तै, आइतबार नै सम्पन्न अन्य खेलहरुमा जिरोनाले एथ्लेटिक बिल्बाओलाई २–० गोलले हराएको छ । जिरोनाको लागि खेलको ७ औं तथा ६५ औं मिनेटमा क्रिस्टियन स्टुआनीले गोल गरेका थिए । उता गेटाफे र लेगानेसले भने गोल रहित बराबरी खेलेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here