आज हुने क्याटालान डर्बीमा हिंसात्मक घटना हुनसक्ने भन्दै थप प्रहरी मगाइयो

बार्सा नेपाल, माघ २१ । इस्प्यानियोलले क्याटालान डर्बी भिडन्तमा स्थानीय प्रहरीसँग सहयोग मागेको छ । आइतबार राति हुने बार्सिलोनासँगको खेलमा अपरिचित समूहबाट सुरक्षा चुनौती रहेको भन्दै प्रहरीबाट सहयोग मागेको हो ।

उक्त खेलमा उच्च सुरक्षा चुनौती रहेको संचारमाध्यमहरु बताइरहेको बेला स्थानीय प्रशासनसँग सहयोगको माग गरिएको हो । हिंसात्मक घटना हुनसक्ने भन्दै खेलको दौरानमा उच्च सुरक्षा सतर्कता अपनाइने भएको छ ।

कोपा डेलमा बार्सिलोनाले हराएको झोकमा इस्प्यानियोलका समर्थकहरुले हिंसात्मक घटना घटाउनसक्ने बार्सिलोनाको भनाई रहेको छ भने इस्प्यानियोलले बार्सिलोनाका केही समर्थक गलत नियतकासाथ आरसीडीईमा आउन लागेको आरोप लगाइएको छ ।

यसैबीचमा शनिबार अपरान्ह बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्डे र इस्प्यानियोलका क्विको सान्चेजबीच शान्तिपूर्ण तरिकाले खेल सम्पन्न गर्ने विषयमा भेटघाट भएको थियो ।

इस्प्यानियोलसँगको खेलमा सुरक्षा चुनौती, भालभर्डे र क्विको सान्चेजबीच भेटवार्ता

क्याटालान डर्बी भिडन्त आइतबार राति ९ बजे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here