सेभियाको लज्जास्पद हार, रियल मड्रिडसँग लेभान्टेले अंक खोस्यो

बार्सा नेपाल, माघ २१ । शनिबार राति सम्पन्न स्पेनिस लिग ला लिगामा सेभियाले लज्जास्पद हार व्यहोरेको छ भने अर्को खेलमा रियल मड्रिडसँग लेभान्टेले अंक खोसेको छ ।

आइबरको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टोलीलाई ५–१ गोलको हार चखाएर पठाएको हो । आइबरको लागि खेलको पहिलो मिनेटमा किकी १७ औं तथा ६१ औं मिनेटमा फावियान ओरेलाना, ३२ औं मिनेटमा इभान रामिस र ८३ औं मिनेटमा अभिटाज् अर्बिलाले गोल गरेका थिए । सेभियाको लागि खेलको २१ औं मिनेटमा पाब्लो साराबियाले पेनाल्टी मार्फत गोल गरेका थिए ।

त्यस्तै, अर्को खेलमा लेभान्टेले रियल मड्रिडको अंक खोसिदिएको छ । लेभानटेको घरेलु मैदानमा सम्पन्न खेलमा अग्रता पाहुना टोलीले लिएको थियो । ११ औं मिनेटमा सर्जियो रामोसले गोल गरेका थिए । तर, ४२ औं मिनेटम लेभान्टेका लागि इम्यानियोल बोट्याङ्गले गोल गरेर खेल बराबरीमा ल्याए ।

खेलको ८१ औं मिनेटमा इस्कोले गोल गरेर रियललाई अग्रता दिए पनि त्यो लामो समय टिक्न सकेन । खेलको नियमित समय सकिन मात्र १ मिनेट बाँकी रहँदा गिम्पावलो पाजिनीले गोल गरेपछि रियल अंक बाँड्न बाध्य भएको हो ।

त्यस्तै, अन्य खेलहरुमा रियल बेटिसले भिलारियललाई २–१ गोलले तथा आलाभेजले सेल्टा भिगोलाई पनि २–१ गोलले हराएको छ ।

अंक तालिका,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here