इस्प्यानियोलसँगको खेलमा मेसी प्लेइङ ११ मा परेनन्

बार्सा नेपाल, माघ २१ । अबको केही समयपछि बार्सिलोनाले घरेलु लिग ला लिगाको २२ औं खेल क्याटालोनियाकै क्लब इस्प्यानियोलसँग खेल्दैछ । इस्प्यानियोलसँगको खेलको लागि १९ जना खेलाडीहरुलाई सूचीमा राखिएको थियो ।

केही बेरअघि सोही १९ जना मध्येबाट प्लेइङ इलाभेन सेट पनि निकालेको छ । उक्त सेटमा मेसी परेका छैनन् । टोलीमा टेर स्टेगन, सेमेडो, पिके, युम्टीटी, डिने, पाउलिन्हो, बुस्केट, इनियष्टा, कोउटिन्हो, स्वारेज तथा अल्कासर परेका छन् ।

इस्प्यानियोलको घरेलु मैदानमा हुने खेल ९ बजे (नेपाली समयअनुसार) शुरु हुनेछ । खेल सोनी टेन २ माफर्त तथा सोनी लिभ मोबाइल एपबाट प्रत्यक्ष रुपमा हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here