क्याटालान डर्बी बराबरीमा सकियो, अर्नेष्टो भालभर्डेले तोडे पेप ग्वार्डिवलाको रेकर्ड

बार्सा नेपाल, माघ २१ । केहीबेर अघि सम्पन्न क्याटालान डर्बी १–१ को बराबरीमा सकिएको छ । इस्प्यानियोलको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाको लागि डिफेन्डर जेरार्ड पिकेले बराबरी गोल फर्काएका हुन् ।

पहिलो हाफमा गोल रहित बराबरी खेलेका यी दुई टिमले दास्रो हाफमा वर्षाका बाबजुद पनि आक्रामक फुटबल खेले । खेलको ६६ औं मिनेटमा घरेलु टिमले अग्रता लियो । सर्जियो गार्सिायको पासमा जेरार्ड मोरेनोले गोल गरेका हुन् । तर, बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका लियोनल मेसीले खेलको ८३ औं गोल गर्ने पास पिकेलाई उपलब्ध गराएपछि बार्सिलोनाको हार टरेको हो ।

बराबरीसँगै प्रशिक्षक अर्नेष्टो भालभर्डेले पूर्व प्रशिक्षक पेप ग्वार्डीवलाले सन् २००९/१० को सिजनमा राखेको २१ खेलमा अपराजित यात्राको रेकर्ड तोडेका छन् । बार्सिलोनाले यस सिजन ला लिगामा कुनै पनि खेल हारेको छैन ।

बार्सिलोनाले २२ खेलबाट ५८ अंक जोडेर शिर्ष स्थान कब्जा गरेको छ भने एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ४६ अंकका साथ दोस्रो तथा ४० अंकका साथ भ्यालेन्सिया तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here