इस्प्यानियोलसँगको खेलमा सुरक्षा चुनौती, भालभर्डे र क्विको सान्चेजबीच भेटवार्ता

बार्सा नेपाल, माघ २० । आइतबार राति हुने क्याटालान डर्बी म्याचमा सुरक्षा चुनौती बढेपछि खराब अवस्था सृजना नहोस् भनेर बार्सिलोना र इस्प्यानियोलका प्रशिक्षकबीच भेटवार्ता भएको छ ।

इस्प्यानियोलको घरेलु मैदान आरसीडीई रंगशालामा बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्डे र इस्प्यानियोलका क्विको सान्चेज फ्लोरेसबीच उक्त भेटवार्ता भएको हो । डर्बी खेलमा फ्यानहरुबीच असाधारण अवस्था आउने खतरा देखिएकोले खेल सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नको लागि भेटवार्ता भएको छ ।

इस्प्यानियोललाई बार्सिलोनाले कोपा डेल रेको क्वार्टरफाइनलमा हराएर सेमिफाइनलमा प्रवेश गरेको रिस पोख्नको लागि पनि इस्प्यानियोलका समर्थकहरु उदण्डताकासाथ उत्रने सम्भावना बढी रहेको छ । त्यस्तै, जेरार्ड पिके, जोर्डी अल्बा, सर्जियो बुस्केटले इस्प्यानियोलबारे गरेको टिप्पणीमा पनि सोही क्लबका समर्थकहरुले आपत्ति जनाएका छन् ।

आइतबार राति ९ बजे (नेपाली समयअनुसार) बार्सिलोनाले ला लिगाको २२ औं खेल इस्प्यानियोलको घरेलु मैदानमा खेल्दैछ ।

क्याटालान डर्बी भिडन्त आइतबार राति ९ बजे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here