क्याटालान डर्बी भिडन्त आइतबार राति ९ बजे

बार्सा नेपाल, माघ २० । बार्सिलोनाले घरेलु लिग ला लिगा अन्तर्गतको २२ औं खेल आइतबार बेलुकी चिरप्रतिद्धन्दी क्याटालोनियाकै क्लब इस्प्यानियोलसँग खेल्दैछ । यसअघिको यी दुई टिमको भेट कोपा डेल रेको क्यार्टरफाइनलमा भएको थियो । पहिलो लेगमा १–० को पराजय ब्यहोरेको बार्सिलोनाले दोस्रो लेगमा २–० को जित निकाल्दै समग्रमा २–१ गोलले सेमिफाइनलमा प्रवेश गरेको थियो ।

बार्सिलोनाको लागि इस्प्यानियोल सँधै कडा टिम हो । हेड टु हेडमा बार्सिलोना अगाडि भए पनि जितको लागि बार्सिलोनालाई सहज भएको छैन । यसअर्थमा पनि लिगमा अपराजित बार्सिलोनाले इस्प्यानियोलको घरेलु मैदान आरसीडीईमा सावधानीका साथ खेल्नुपर्ने हुन्छ ।

खेल आइतबार राति ९ बजे (नेपाली समयअनुसार) हुनेछ । यसको प्रत्यक्ष प्रसारण सोनी सिक्स तथा सोनी लिभ मोबाइल एपबाट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here