भ्यालेन्सियाबिरुद्धको खेलमा देखिएकी यी युवती को हुन् ?

बार्सा नेपाल, माघ १९ । बिहीबार राति सम्पन्न कोपा डेल रे अन्तर्गतको खेलमा भ्यालेन्सियाबिरुद्ध लुइस स्वारेजले गोल गर्दा एउटा सुन्दर युवती गोलमा रमाइरहेकी थिइन् । उनको त्यो उत्साह देखेर टेलिभिजन लाइभमा खटिरहेका लाइभ प्रोड्युसरको आँखा परिहाल्यो र उनको क्षेत्रमा रहेको क्यामरालाई क्लोज गर्न लगाइएको थियो ।

ती युवती सर्जियो बुस्केटको जर्सी लगाएर खेलबाट भरपुर आनन्द लिइरहेकी थिइन् । उनको मोबाइलको कभर समेत बार्साको थियो । भ्यालेन्सियासँगको खेलपुर्व बार्साका खेलाडीहरुले वार्मअप गरिरहँदा उनी बुस्केटको जर्सीमा खेलाडीहरुको नजिक आइरहेकी थिइन् । उनलाई सोही समयमा नै केही फोटोग्राफर तथा स्टिवार्डहरुले नियालिरहेका थिए ।

बुस्केटले पनि उनलाई नियालिरहेका थिए । खेल सकिनेबित्तिकै बुस्केट उनी रहेको स्थानमा पुगे र आफुले लगाइरहेको जर्सी उनको हातमा थमाइदिए । पछि उनीसँग कुरा गर्दा थाहा भयो लुसिया नामकी उनी दक्षिण स्पेनको कोर्डोवाबाट आएकी रहिछिन् । उनको उदेश्य क्याम्प नाउमा खेल हेर्ने र बुस्केटलाई भेट्ने रहेछ । सो कुरा पुरा भएपछि उनले भनिन् ‘मेरो सपना नै बुस्केटलाई भेट्नु थियो, भेटेँ अब केही छैन ।’ बुस्केट आफु बसेकै ठाउँमा आए पछि उनी भावुक हुँदै रोइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here