जेरार्ड पिकेबारे ५ कुरा, जुन तपाईलाई थाहा छैन

बार्सा नेपाल, माघ १९ । आजबाट ३१ वर्षमा प्रवेश गरेका जेरार्ड पिके बार्सिलोनाका प्रभावशाली डिफेन्डर हुन् । उनको पुरा नाम ‘जेरार्ड पिके बेर्नाबेउ’ हो । उनी सन् १९९७ मा पहिलोपटक बार्सिलोनामा आबद्ध भएका हुन् । उनी खेलाडी त छँदैछन् त्यसको अलावा उनको सामाजिक छवी पनि बलियो छ । त्यसैकारण स्वतन्त्र क्याटालोनियाको पक्षमा उनी खुलेरै लागिपरेका छन् । उनी चिरप्रतिद्धन्दी रियल मड्रिडको बिरोधमा खुलेरै उत्रन्छन् । उनी बिरोधमा उत्रनुको कारण फुटबल मात्रै होइन । स्पेनको राजधानी मड्रिडले क्याटालेनियालाई उपेक्षा गरेकोमा उनको ब्यापक असन्तुष्टी रहेको छ ।
यहाँ हामीले जन्मदिन मनाइरहेका पिकेको बारेमा जानकारीहरु प्रस्तुत गरेका छौं जुन तपाईलाई थाहा नहुन पनि सक्छ ।

१. १७ महिनाको उमेरमा हस्पिटलको कोमामा

जेरार्ड पिके हिड्ने उमेरको भएदेखि नै फुटबलसँग नजिक रहेका थिए । पिके उनका हजुरबुबाको घरमा हुर्किएका हुन् । १७ महिनाको हुँदा पिके एक दिन कौशीमा बल खेलिरहेका थिए । उनी बललाई हिर्काइ अगाडि बढिरहेका थिए । तर, बलसँगै उनी कौशीबाट खस्न पुगे उनलाई तुरुन्तै अस्पताल पुर्याइयो । अवस्था नाजुक भएपछि उनलाई कोमामा नै राख्नु परेको थियो । उनलाई त्यस समयमा ४८ घण्टा कोमामा बिताएका थिए । सुधार भएपछि उनलाई साधरण बेडमा ल्याइएको थियो ।

२. बेर्नाबेउ उनको थर

धेरैलाई थाहा नै छैन जेरार्ड पिकेको थर ‘बेर्नाबेउ’ हो । जुन रियल मड्रिडको घरेलु मैदानको नाम पनि हो । रियल मड्रिडका प्रभावशाली अध्यक्ष सान्टियागो बेर्नाबेउले रियललाई जुन उचाई दिए उनैको नामबाट रियलको रंगशालाको नामाकरण गरियो । तर, पिके आफ्नो थरलाई नै लुकाई रियलको कट्टर बिरोधी भई बार्सिलोनाको समर्थन गर्दै हिँडेका छन् ।

३. बार्सिलोनाका पूर्व अध्यक्षका नाती पिके

पिके जन्मजात नै बार्सिलोनाका समर्थक हुन् । उनका मामाघरपट्टीका हजुरबुबा अमाडोर बेर्नाबेउ बार्सिलोना क्लबका पूर्व अध्यक्ष हुन् । बेर्नाबेउ थर उनकै आमाको खलकबाट राखिएको हो । तर, उनी सो नाम लिन त्यती रुचाउँदैनन् ।

४. रियल मड्रिडका खेलाडी उनको आइडल

पिके विपक्षीको एकोहोरो आलोचना मात्रै गर्दैन् । विपक्षीको सकारात्मक कदमको स्वागत गर्न पनि उनले जानेका छन् । उनका प्रिय खेलाडी फर्नान्डो हायरो हुन् । पूर्व रियल मड्रिडका खेलाडी हायरो कुनै समय विश्वको सबैभन्दा लोकप्रिय सेन्टर ब्याक÷डिफेन्सिभ मिडफिल्डर रहेका थिए ।

५. लेडी गागा र यूटुको फ्यान

पिके सन् २०१० देखि कोलम्बियन गायीका साकिरासँग रिलेसनमा रहेका छन् । तर, उनी सबैभन्दा बढी लेडी गागा र यूटुको गीतहरु सुन्ने गर्छन् । उनको म्यूजिक प्ले लिष्टमा लेडी गागा र यूटु ब्याण्डकै गीतहरु रहेका छन् । साथै रिहान्ना लगायतका गायक गायीकाहरुको गीत पनि प्ले लिष्टमा रहेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here