कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी

बार्सा नेपाल, माघ १९ । बिहीबारराति सम्पन्न स्पेनिस कप कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सियालाई पराजित गरेको छ ।

घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा लुइस स्वारेजले खेलको ६७ अौ मिनेटमा गरेको गोलले बार्सिलोनाले पहिलो लेगमा १-० को अग्रता लिएको हो ।

खेल अवधिमा ७३ प्रतिशत बल नियन्त्रणमा लिएको भए पनि गोल गर्नबाट बार्सिलोना चुकेको थियो ।

बार्सिलोनाले ५ वटा प्रहार फ्रेममा हान्दा १ वटा मात्रै गोलमा परिणत भएको थियोे ।

दोस्रो लेग भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here