गम्भीर घाइते भएर बार्सिलोना फर्किए स्याम्पर

बार्सा नेपाल, माघ १८ । ला मासिया ग्राजुयट सर्जी स्याम्पर पुनः बार्सिलोना फर्किएका छन् । सम्झौता अवधि बाँकी नै रहँदा लास पाल्माजले उनलाई बार्सिलोनानै फिर्ता पठाएको हो ।

चोटग्रस्त उनलाई निको हुन अझै ४ महिनाभन्दा बढी लाग्ने भएपछि लास पाल्माजले राख्न अस्वीकार गरेको हो । सोही कुरालाई स्विकार गर्दै उनलाई बार्सिलोना ल्याइएको हो ।

मिडफिल्डर स्याम्पर गत जनावरीमा सम्पन्न आइबारसँगको खेलामा गम्भीर घाइते भएका थिए ।

स्याम्परले लास पाल्माजबाट मात्र ३ खेल खेल्न पाए । त्यसमध्ये २ ला लिगा र १ कोपा डेल रेमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here