बार्साका पूर्व खेलाडी बार्टाले रियल बेटिससँग गरे सम्झौता

बार्सा नेपाल, माघ १७ । बार्सिलोनाका पूर्व खेलाडी मार्क बार्टाले रियल बेटिससँग ५ वर्ष लामो सम्झौता गरेका छन् ।

२७ वर्षीय सेन्टर ब्याक बार्टा सन् २००२ मा इस्प्यानियोलबाट बार्सिलोना आएका थिए । ला मासियाका खेलाडी बार्टा सन् २०१० बाट २०१६ सम्म बार्सिलोनामा थिए । उनी त्यसपछि जर्मनको बुन्डेसलिगाको बुरोसिया डर्टमण्डतर्फ लागेका थिए ।

उनले बार्सिलोनाबाट ५९ खेल खेलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here