मेसी र स्वारेजको गोलले बार्सिलोना विजयी

बार्सा नेपाल, माघ १५ । खेलको उत्तरार्धमा लियोनल मेसीले फ्रिकिक मार्फत गोल गरेपछि बार्सिलोनाले डिपोर्टिभो अालाभेजलाई हराएको छ ।

घरेलु मैदान क्याम्प नाउमा केहीबेरअघि सम्पन्न ला लिगा अन्तर्गतको खेलमा आलाभेज २-१ ले पराजित भएको हो । आलाभेजले खेलको आवाई गोमेजको पासमा खेलको २४ अौ मिनेटमा जोन गुइडेटीले गोल गरेका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा कमब्याक गरेको थियो । खेलको ७२ अौ मिनेटमा अान्द्रेज इनियष्टाको पासमा लुइस स्वारेजले गोल गरे । त्यस्तै खेलको ८४ अौं मिनेटमा पाएको फ्रि किकको सदुपयोग गर्दै लियोनल मेसीले गोल गरि बार्सिलोनाको जित सुनिश्चित गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here