अर्नेष्टो भालभर्डेद्वारा पेप ग्वार्डिवलाको रेकर्ड बारबरी

बार्सा नेपाल, माघ १५ । आइतबार राति सम्पन्न स्पेनिस लिग ला लिगमा बार्सिलोनाले आलाभेजलाई २–१ गोलले पराजित गरेसँगै प्रशिक्षक अर्नेष्टो भालभर्डेले पूर्व प्रशिक्षक पेप ग्वार्डिवलाको रेकर्डसँग बराबरी गरेका छन् । सन् २००९/१० को सिजनमा तत्कालिन प्रशिक्षक पेप ग्वार्डिवलाको टिम २१ खेलसम्म अपराजित रहेको थियो ।

भालभर्डेको नेतृत्वमा रहेको बार्सिलोना पनि यस सिजन ला लिगाको २१ खेलमा अपराजित रहेको छ । यस सिजन बार्सिलोनाले लिगमा १८ वटा जित तथा ३ वटा बराबरी खेलेको छ । ग्वार्डिवलाको समयमा १७ खेलमा जित तथा ४ मा बराबरी रहेको थियो ।

त्यस्तै, सन् २०१२/१३ को सिजनमा प्रशिक्षक रहेका स्व. टिटो भिलानोभाको टिम १९ खेलमा तथा सन् १९८४/८५ मा टेरी भेनाभेल्सको टिम १५ खेलमा अपराजित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here