आलाभेससँग बार्साका कुन खेलाडीको प्रदर्शन कस्तो ? (बीएन रेटिङ)

बार्सा नेपाल, माघ १५ । घरेलु मैदानमा १–० ले पछि परेको स्थितिलाई उल्ट्याउँदै बार्सिलोनाले ला लिगमा २१ खेलसम्म अपराजित यात्रालाई कायम राखेको छ । आइतबार राति आलाभेससँग भएको खेलमा बार्सिलोनाको लागि दोस्रो हाफमा स्वारेज र मेसीले गोल गरेपछि स्पष्ट ३ अंक जोडेको हो ।

खेलमा फिलिप कोउटिन्होले पहिलोपटक फुल डेब्यू गर्ने मौका पाए । यसभन्दा अघि उनी बिहीबार इस्प्यानियोलसँग कोपा डेल रेमा आन्द्रेज इनियष्टाको ठाउँमा मैदान प्रवेश गरेका थिए ।

आलाभेससँग १–० ले पछि परेको अवस्थामा कोउटिन्होको ठाउँमा पाको अल्सासरलाई मैदान पठाइएको थियो । त्यसपछि इनियष्टाको पासमा लुइस स्वारेज तथा मेसीको फ्रि किक गोलले बार्सिलोनाले जित निश्चित गरेको थियो ।

यहाँ हामीले आलाभेसँग खेलेका खेलाडीहरुको रेटिङ गरेका छौं ।

  • टेरस्टेगन ६/१०

आलाभेजले ४ वटा बल फ्रेमभित्र हानेको थियो ती सजिला बलहरुलाई उनले बचाए । तर, पहिलो हाफको २३ औं मिनेटमा जोन गुइडेटीले गोल गर्दा उनले बललाई जज नै गर्न सकेनन् ।

  • नेल्सन सेमेडो ६/१०

औषतमा सेमेडोले राम्रै खेल खेले तर, २४ औं मिनेटमा डिफेन्डरहरु आफ्नो क्षेत्र छोडेर जाँदा र विपक्षीखेलाडीलाई पेस बढाउने ठाउँ दिँदा गोल खानमा उनी पनि जिम्मेवार रहे ।

  • जेरार्ड पिके ५/१०

पिकेबारे साँचो कुरा के भने उनी ठूला अझै चिरप्रतिद्धन्दी क्लबहरुसँग निकै राम्रो खेल खेल्छन् । तर, औषत र कमजोर मानिएका टिमहरुसँगको खेलमा उनको प्रदर्शन एकनासको हुँदैन आलाभेससँग उनको खेल ठिकै थियो । केही पासहरु उनले बिगारे तर, दोस्रो हाफमा उनले विपक्षी खेलाडीले पोष्टमा प्रहार गरेका बल बचाए ।

  • स्यामुअल युम्टीटी ६/१०

फ्रान्सका युम्टीटी बार्सिलोनाको पिलरजस्तै भएका छन् । उनले आलाभेससँग राम्रो खेल खेले । उद्यपी बार्सिलोनाले पहिलो हाफमा खाएको गोलको जिम्मेवार उनी पनि हुन् ।

  • लुकाुस डिने ६/१०

प्रायः भालभर्डेको रोजाइमा नपर्ने डिनेको खेल राम्रो थियो । जोर्डी अल्बाको ठाउँबाट खेल्दा उनले सो ठाउँको न्याय गरेका थिए । पहिलो हाफमा उनले गरेको प्रहार केही इन्च परबाट मात्रै बाहिरिएको थियो ।

  • इभान राकेटिच ६/१०

राकेटिचले मिड फिल्डमा राम्रो बल खेले तर, १–० ले पछि परिरहेको स्थितिमा अगाडि बढाउनुपर्ने बललाई अपेक्षा अनुसार खेलाउन सकेनन् ।

  • पाउलिन्हो ५/१०

पाउलिन्होको प्रदर्शन पछिल्लो केही खेल यता सुस्ताएको छ । आलाभेससँगको खेलमा पनि उनले गतिलो खेल्न सकेनन् ।

  • कोउटिन्हो ६/१०

बार्सिलोनाबाट दोस्रो खेल खेलेका कोउटिन्होको प्रदर्शन नराम्रो रहेन । उनले केही राम्रा गोल गर्ने अवसर मात्रै सृजना गरेनन्, गोलको लागि समेत प्रयास गरे तर, विपक्षी खेलाडीले रोकिदिए । सरसर्ती हेर्दा उनी बार्सिलोनाको खेल्ने शैलीमा अल्मलिएको देखियो ।

  • आन्द्रेज इनियष्टा ७/१०

इनियष्टा बार्सिलोनाको खेलाडी मात्रै होइनन् उनी सहकर्मीहरुको मनोवल उच्च पार्ने खेलाडी पनि हुन् । उनले दोस्रो हाफमा लुइस स्वारेजलाई गोल गर्ने बल उपलब्ध गराएका थिए ।

  • लियोनल मेसी ६/१०

टोलीलाई गोल चाहिएको बेला फ्रि किक मार्फत गोल गरेर जिताए पनि मेसीको आलाभेसँगको प्रदर्शन उच्च भने होइन । उनले कयौं गोल गर्ने मौकाहरु गुमाए ।

  • स्वारेज ७/१०

साँचै स्वारेज विश्वकै उत्कृष्ट स्ट्राइकर हुन् । उनले इनियष्टाको पासलाई गोलमा परिणत गरे । त्यो पनि वाइड एंगलबाट ।

बैकल्पिक खेलाडीहरु

  • जोर्डी अल्बा ७/१०

अल्बाले लगातार धेरै खेल खेलेको कारण भालभर्डेले आराम दिए । तर, खेलमा पछि परेको स्थितिलाई उल्ट्याउन उनको आवश्यकता पर्यो । ५२ औं मिनेटमा उनी लुकास डिनेको स्थानमा आएर खेले । उनी आएपछि बार्सिलोनाले कयौं पटक पोष्टमा आक्रमण गर्ने मौका पायो ।

  • सर्जी रोबर्टो ७/१०

अल्बासँगै समेडोको स्थानमा मैदान प्रवेश गरेका रोबर्टोको प्रदर्शन उच्च रह्यो । उनले खेलमा ड्यानी आल्भेजको झझल्को दिए ।

  • पाको अल्कासर ६/१०

कोउटिन्होको प्रदर्शन ठिकै भएपछि पाको ६६ औं मिनेटमा मैदान प्रवेश गरे । मेसीले गरेको गोलको फ्रि किकमा उनलाई विपक्षी खेलाडीहरुले फाउल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here