‘पिकेसँग गरिएको यो सम्झौता अन्तिम होइन’

बार्सा नेपाल, माघ १५ । डिफेन्डर जेरार्ड पिकेले बार्सिलोनासँग सम्झौता नविकरण गरेका छन् । यसअघि सन् २०२२ सम्म बार्सिलोनामा रहने भन्ने मौखिक सम्झौताले सोमबार सार्थकता पाएको हो ।

पिकेसँगको सम्झौता पत्रमा हस्ताक्षर गर्दै क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउले पिकेसँग सन् २०२२ सम्मको लागि गरिएको सम्झौता अन्तिम नभएको बताएका छन् ।

ला मासियाका खेलाडी पिके कट्टर बार्सा समर्थक समेत हुन् । उनी क्लबमा सन् २०२२ सम्म रहने भएपछि बार्सा समर्थकहरु पनि निकै खुसी रहेका छन् ।

पिके जन्मेदेखि नै बार्सा समर्थक हुन् । यसको लागि उनका हजुरबुबा अमाडोर बेर्नाबेउले उनलाई बार्सामा आबद्ध गराएका हुन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here