ला लिगा अपडेटः रियल मड्रिड र भिलारियलको जित

माघ १४ । शनिबार राति सम्पन्न स्पेनिस लिग ला लिगामा रियल मड्रिड र भिलारियलले जित हासिल गरेका छन् भने भिर्पोटिभो ला कोरुना र लेभान्टे र मालागा र जिरोनाले बराबरी खेलेका छन् ।

भिर्पोटिभोको घरेलु मैदानमा सम्पन्न खेलमा घरेलु टिम खेलको ३४ औं मिनेटमा नै १० खेलाडीमा सीमित भएको थियो । डिर्पोटिभोको लागि खेलको १९ औं मिनेटमा एड्रियन लोपेज तथा ४५ औं मिनेटमा फ्लोरिन एन्डनले गोल गरेका थिए । उता लेभान्टेको लागि खेलको ८० औं तथा ८५ औं मिनेटमा एभी लोपेजले गोल गरेका थिए ।

त्यस्तै, अर्को खेलमा रियल मड्रिडले बलियो प्रतिद्धन्दी भ्यालेन्सियालाई ४–१ गोलले हराएको छ । झण्डै २८० दिन पछि बेन्जेमा, बेल र क्रिस्टियानोले संयुक्त रुपमा प्रवेश पाएको उक्त खेलमा रियलका रोनाल्डोले खेलको १६ औं तथा ३८ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । त्यस्तै, मार्सेलोले ८४ औं मिनेटमा तथा टोनी क्रुसले ८९ औं मिनेटमा गोल गरेका थिए । उता खेलको ५८ औं मिनेटमा घरेलु टोलीका सान्टी मिनाले गोल गरेर टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि सफल हुन सकेन ।

उता मालागा र जिरोनाले गोल रहित बराबरी खेल्दा भिलारियलले रियल सोसिडाडलाई ४–२ गोलले हराएको छ । भिला रियललको लागि भिक्टोर रुइजले पाँचौं मिनेटमा, पाब्लो फोनाल्सले १७ औं मिनेटमा कार्लोस बाकाले २० औं मिनेटमा तथा स्यामुअल कास्टिलेजोले ३४ औं मिनेटमा गोल गरेका थिए भने पाहुना टोलीको लागि खेलको २४ औं मिनेटमा डिएगो लोरेन्टेले तथा ५८ औं मिनेटमा विलियन जोसेले गोल गरेका थिए ।

अंक तालिका,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here