७ जना फुटबल फ्यानको गोली हानी हत्या

बार्सा नेपाल, माघ १४ । मेक्सिकोमा फुटबल खेल हेरिरहेका ७ जना समर्थकको हत्या भएको छ । टोपी लगाएका करिब ४ जना बन्दुकधारीले फुटबल हेरिरहेको एक घरभित्र छिरेर गोली हानेका हुन् ।

गोली हानेर भाग्ने क्रममा उनीहरुले फुटबल हेरिरहेका सबै २० जनालाई मार्ने चेतावनी दिएको त्यहाँको स्थानीय अधिकारीहरुले सञ्चारमाध्यमहरुलाई बताए ।

मेक्सिकोमा यस्तो घटनाहरु भइरहने गर्छ । त्यहाँ गैह्र कानुनी काम गर्नेहरुको संख्या बढी भएको हुँदा बन्दुक तथा अन्य हतियार चलाएर हत्या गर्नेहरुको संख्या बढ्दो मात्रामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here