रियलको खराब प्रर्दशनमा रोनाल्डो सहित १४ खेलाडी दोषी

माघ १४ । रियल मड्रिडजस्तो क्लब दिनानुुदिन नाजुक भइरहेको बेलामा अनेकथरि समाचारहरु प्रकाशित भइरहेका छन् । रियल मड्रिड निकट स्पेनिस मिडिया मार्साले रियलको वर्तमान् अबस्थामा को कति दोषी को कसले बचाउने प्रयास गरेका छन् भन्नेबारे एक समाचार प्रकाशित गरेको छ । जसमा कप्तान सर्जियो रामोस, स्ट्राइकरद्धय क्रिस्टिायानो रोनाल्डो र बेन्जेमा लगायतका खेलाडीलाई आरोप लगाइएको छ ।

विश्वभरीबाट झण्डै ६० लाखले भोट गरेकोमा सेभियर (रियललाई योगदान गर्ने)को सूचीमा ९ जना खेलाडी परेका छन् । उनीहरुको योगदान कति रह्यो त ?

१. नाचो ८४ प्रतिशत योगदान
२. मोड्रिच ७९ प्रतिशत योगदान
३. कार्भाहाल ७३ प्रतिशत योगदान
४. बेल ६९ प्रतिशत योगदान
५. लुकास भास्क्वेज ६५ प्रतिशत योगदान
६. केलर नाभास ६४ प्रतिशत योगदान
७. इस्को ६० प्रतिशत योगदान
८. टोनी क्रुस ५६ प्रतिशत योगदान
९. कासामेरो ५५ प्रतिशत योगदान

त्यस्तै १४ खेलाडीहरुलाई रियल मड्रिडको खराब प्रर्दशन गर्नुको आरोप लगाइएको छ ।

१. बेन्जेमा ९२ प्रतिशत दोषी
२. थियो हर्नन्डेज ८८ प्रतिशत दोषी
३. अच्रफ ८१ प्रतिशत दोषी
४. कसिल्ला ७७ प्रतिशत दोषी
५. मार्सेलो ७७ प्रतिशत दोषी
६. रोनाल्डो ७७ प्रतिशत दोषी
७. मार्कोस् लारेन्टे ७५ प्रतिशत दोषी
८. कोभासिस ७० प्रतिशत दोषी
९. केबालोस ६० प्रतिशत दोषी
१०. मेयोराल ५९ प्रतिशत दोषी
११. भराने ५७ प्रतिशत दोषी
१२. भलेजो ५६ प्रतिशत दोषी
१३. रामोस ५४ प्रतिशत दोषी
१४. एसेन्सियो ५३ प्रतिशत दोषी

यधपी रियलले शनिबार राति सम्पन्न खेलमा बलियो प्रतिद्धन्दी भ्यालेन्सियालाई उसैको घरेलु मैदान मेस्टालामा ४-१ गोलले हराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here