भालभर्डेलाई पेप ग्वार्डिवलाको रेकर्ड बराबरी गर्ने अवसर (म्याच प्रिभ्यू)

माघ १४ । बार्सिलोनाले ला लिगाको २१ औं खेल आलाभेससँग खेल्दैछ । लिगमा अपराजित बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा आलाभेसको सामना गर्न लागेको हो ।

सोमबार बिहान १ः३० (नेपाली समय)मा हुने खेलमा बार्सिलोना विजयी भएमा सन् २००९/१० मा तत्कालिन प्रशिक्षक पेप ग्वार्डिवलाको टिमले राखेको २१ खेलमा अपराजित रेकर्डसँग बराबरी हुनेछ ।

टिम

ओस्माने डेम्बेले तथा थोमास भर्माइलिन चोटको कारणले मैदान बाहिर रहने भएका छन् । आद्रे गोमेज पनि अपचको कारण मैदान बाहिरै हुने भएका छन् । त्यस्तै प्राविधिक कारणले डेनिस स्वारेज र ड्यौलोफ्यू पनि मैदान बाहिरै रहनेछन् ।

खेलाडी सूची

त्यस्तै आलाभेसका खेलाडीको रुपमा मुनिर अल हदादी पनि क्याम्प नाउ आउँदैछन् ।

खेलअघिको पत्रकार भेटघाटमा बोल्दै प्रशिक्षक भालभर्डेले आलाभेस रेडिगेसन क्षेत्रको वरिपरि रहेको टिम भएको कारणले खेल सहज नहुने बताएका छन् । त्यस्तै भ्यालेन्सियासँग कोपा डेल रेको क्वार्टर फाइनलमा पेनाल्टी सुटआउटमा हारेको आलाभेसले आफु कमजोर नभएको देखाइसकेको छ ।

भालभर्डेले नयाँ खेलाडीहरु कोउटिन्हो र यारी मिना पहिलो रोजाइको ११ खेलाडीमा पर्ने या नपर्ने भन्नेबारे भने केही बोलेनन् ।

इतिहास

बार्सिलोना र आलाभेस हालसम्म ९ पटक आम्मेसाम्मे भएका छन् । जसमध्ये बार्सिलोनाले ७ खेलमा जित, १ मा बराबरी तथा १ मा हार व्यहोरेको छ । यी खेलहरुमध्ये ४ खेलमा मात्रै आलाभेसले गोल गरेको छ ।

बार्सिलोनाले गत सिजनको कोपा डेल रे जित्दा फाइनलमा आलाभेसलाई नै हराएको थियो । नेपाली दर्शकहरुले सोनी सिक्सबाट वा मोबाइल एप सोनी लिभबाट खेल र्हेन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here