डर्बी भिडन्तमा बार्सा लास्साले जोभेन्टुटलाई हरायो

बार्सा नेपाल, माघ १४ । बार्सिलोनाको बास्केटबल टिम बार्सा लास्साले इन्डेसा लिगको डर्बी भिडन्तमा डिभाइन सिगुरस जोभेन्टुटलाई ९१–७९ ले हराएको छ । आइतबार सम्पन्न खेलमा बार्सा लास्साको लागि सार्वधिक स्यान्डर्स, हाङ्गा तथा पाउ रिबासले क्रमशः १६, १५ र १४ अंकको योगदान गरे । त्यस्तै, कोपोनेन ले ७ अंक, मोरेमनले ९ अंक, टोमिकले ९ अंक, हुर्टेलले ११ अंकको योगदान गरेका थिए ।

यूरोलिगमा फेनरबेच र एन्डोरासँग पराजित बार्सा लास्साले डर्बीमा सिगुरसलाई हराएपछि लयमा फर्केको अनुमान गरिएको छ ।

इन्डेसा लिगमा बार्सा लास्सा तेस्रो स्थानमा रहेको छ । बार्सा लास्साले १८ खेल खेल्दा ६ वटा खेल हारेको छ भने १२ खेलमा मात्र जित हासिल गरेको छ । पहिलो स्थानमा रहेको रियल मड्रिडले मात्र १ खेलमा हार व्यहोरोको छ । भने दोस्रो स्थानमा रहेको भ्यालेन्सिया बास्केटले ५ खेलमा हार तथा १२ मा जित निकालेको छ ।

अंक तालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here