बार्सा बीद्वारा ग्रानाडा ३–० ले पराजित

माघ १४ । शनिबार राति सम्पन्न स्पेनिस फुटबल लिग सेगुन्डा डिभिजनमा बार्सिलोना बी विजयी भएको छ । घरेलु मैदान मिबी स्टेडियममा सम्पन्न खेलमा पाहुना टोली ग्रानाडालाई बार्सा बीले ३–० ले पराजित गरेको हो ।

खेलमा अग्रता कार्लेस एलेनाले लिएका हुन् । उनले खेलको १४ औं मिनेटमा नै गोल गरेका थिए । पहिलो हाफमा १–० ले अघि रहेको बार्सा बीले दोस्रो हाफमा अझै सुधारिएको प्रदर्शन गर्यो ।

खेलको ६१ औं मिनेटमा जुआन मिरान्डाले तथा ८९ औं मिनेटमा मार्क कार्डोनाले गोल गरेपछि बार्सा बीले सहज जित निकालेको हो ।

यस सिजन खराब प्रदर्शन गरिरहेको बार्सा बीले हालसम्म खेलेको २४ खेलबाट मात्र २७ अंक जोडी लिगको १७ औं स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको ओस्काको ४६ अंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here