आज रियलले मेस्टालामा भ्यालेन्सियाको सामना गर्ने, इस्को र रामोस घाइते

माघ १३ । काँक्रो फलाउने कृषकहरुको क्लब लेगानेसले कोपा डेल रेमा समग्रमा अवे गोलको आधारमा पराजित गरेको रियल मड्रिडले आज बेलुकी ९ बजे (नेपाली समय अनुसार) ला लिगाको २० औं खेल खेल्दैछ ।

लिगको तेस्रो स्थानमा रहेको भ्यालेन्सियासँग रियलले मेस्टालामा प्रतिस्पपर्धा गर्नुपर्नेछ । लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको क्लब भ्यालेन्सियासँग रियलको खेल सहज हुनेछैन । किनकी रियलका जिदानले युवा खेलाडीहरुलाई स्थान दिएका छन् । टोलीको महत्वपूर्ण खेलाडीहरु सर्जियो रामोस, इस्को, ड्यानी केबालोस लगायतका खेलाडी खेलाडी घाइते रहेका छन् । रामोसको चोट पीएसजीसम्ममा ठिक हुने या नहुने ठेगान छैन ।

तर, रियलको अग्रपंत्ति भने बलियो हुनेछ । बेन्जेमा बेल र क्रिस्टियानो एल क्लासिको पछि पहिलोपटक आजको खेलमा मैदानमा उत्रनेछन् ।

आजको खेलमा पनि रियल पराजित भएमा भ्यालेन्सियासँगको अंकदुरी अझै बढ्नेछ । लिगमा २० खेलेको भ्यालेन्सियाले ४० अंक जोडेको छ भने १९ खेल खेलेको रियलको ३५ अंक मात्रै रहेको छ । पाँचौं स्थानमा रहेको भिलारियलले पनि रियललाई नजिकबाट पछ्याइरहेको छ । भिलारियलले २० खेलबाट ३४ अंक जोडेको छ ।

आजको खेलमा पनि रियलले अंक जोड्न नसकेमा च्याम्पियन्स लिगमा छनोट हुन गाह्रो पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here