बार्सासँग सोमबार नयाँ सम्झौतामा हस्ताक्षर गर्दै जेरार्ड पिके

माघ १३ । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले सोमबार बार्सिलोनासँग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । गत १८ जनावरीमा बार्सिलोना बोर्ड र पिकेबीच सन् २०२२ को जुन ३० सम्म रहने सम्झौता भएको थियो ।

सो समयमा उनको बाई आउट क्लज पनि ५०० मिलियन यूरो तोकिएको थियो ।

पिके सन् १९९७ मा बार्सिलोनामा आबद्ध भएका हुन् । उनी सन् २००४ मा प्रिमियर लिग खेल्ले क्लब म्यान्चेस्टर युनाइटेड गएका थिए । सो क्लबबाट उनी जारागोजा हुँदै सन् २००८ मा बार्सिलोना आएका हुन् ।

उनले बार्सिलोनाबाट २६१ खेल खलिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here