मिडियाबाट टाढै रहने मेसीले बार्सिलोनाबारे मुख खोले

माघ १३ । प्रायः सञ्चारमाध्यमहरुबाट टाढा रहने स्टार स्ट्राइकर लियोनल मेसीले मिडियासँग कुरा गर्दै बार्सिलोना तिनवटै महत्वपूर्ण उपाधी जित्न अग्रसर रहेको बताएका छन् । ‘बार्सिलोना सँधै उपाधी जित्ने लक्ष्य बोकेर हिड्ने क्लब हो, भाग्यवस हामी राम्रो बाटोमा हिँडिरहेका छौं, सोहीकारणले तीन वटै ट्रफी जित्ने कोशिस रहनेछ’ मेसीले भने ।

त्यस्तै उनले प्रशिक्षकको बारेमा पनि बोलेका छन् । ‘अर्नेष्टो भालभर्डे बार्सिलोना आएको पहिलो दिनदेखि नै आफ्नो उदेश्यमा प्रश्ट छन् । उनले भनेका कुराहरु हामीले चाँडै सिकेका पनि छौं र अर्को कुरा उनले सिकाउने सबै कुरा नयाँ होइन त्यसैले हामीलाई सहज छ । भालभर्डेले खेलाडीहरुको खेल्ने स्थान परिवर्तन गरेकोमा मलाई कुनै आपत्ति छैन । यो उनको निजी निर्णय हो । उनले भने ।

त्यस्तै मेसीले आफ्ना सहकर्मी मास्चेरानोको बारेमा पनि बोलेका छन् । मास्चेरानोको बिदाई पछि क्लबले उनको स्थानमा खेलाडी पनि भित्र्याइसकेको छ । जस्तो गत समर ट्रान्सफर बिन्डोदेखि बार्सिलोनाले कोउटिन्हो र यारी मिनालाई किन्न खोजेको र अहिले मात्रै सफल भएको उनको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here