बार्सिलोनामा नयाँ अध्याय, यसो भने खेलाडीहरुले कोउटिन्होको बारेमा

माघ १२ । समग्रमा २–१ गोलको जित निकालेर इस्प्यानियोललाई कोपा डेल रेमा पाखा लगाई सेमिफाइनल यात्रा तय गर्दा फिलिप कोउटिन्होको पनि योगदान रह्यो । खेलको ५८ औं मिनेटमा कप्तान आन्द्रेज इनियष्टाको ठाउँमा मैदान प्रवेश गरेका उनको फुटवर्कको तारिफ धेरैले गरे ।

कोउटिन्होले डेब्यू खेलमा २५ मिनेट खेल्न पाए सो अबधीमा २४ वटा पास खेले । उनको पास ८९ प्रतिशत सहि ठाउँमा पुगेको थियो भने २ वटा गोल गर्ने अवसर पनि प्राप्त गरे । त्यस्तै २ वटा डिबल पनि पुरा गरे ।

यसै सन्दर्भमा कोउटिन्हो बारे प्रशिक्षक, खेलाडीहरु तथा उनी आफैको प्रतिक्रिया यस्तो छ ।

अर्नेष्टो भालभर्डे: कोउटिन्होको डेब्यू उपलब्धि मुलक रह्यो । उनी अन्तिम समयतिर निकै खतरनाक भएर खेले । डेब्यू खेल सहज हुँदैन तर, उनले राम्रो खेले ।

जेरार्ड पिके: कोउटिन्होले हामीलाई धेरै सहयोग गर्न सक्छन् । उनको नसा नसामा बार्सिलोना छ र अर्को कुरा आन्द्रेज इनियष्टाकोजस्तो बानीव्यहोरा पनि छ ।

लुईस स्वारेज: सेमिफाइनलमा पुगियो । कोउटिन्हो तिम्रो डेब्यू गर्न पाएकोमा बधाई छ । मलाई विश्वास छ अर्को खेलमा पक्कै गोल गर्नेछौं (स्माईली) । सबैको कडा मेहनत ।

कोउटिन्हो: बार्सिलोनामा आबद्ध हुनको लागि मैले धेरै कष्ट भोगेको छु । यो मेरो बाल्यकालदेखिको सपना हो । फुटबलका धेरै हस्तीहरुले यहाँ खेलेका छन् । म मेरो सपना पुरा भएकोमा निकै खुसी छु ।

  • म डेब्यू खेलको लागि निकै उत्साहित थिएँ । यो मेरो सपना नै थियो । मैले खेले पनि मुख्य कुरा हामीलाई जित चाहिएको थियो हामीले जित्यौं पनि ।
  • बार्सा समर्थकहरुले मेरो नाम लिएर स्वागत गरे । म निकै खुसी छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here