जाभी स्टाइलमा क्याम्प नाउबाट लेजेन्ड मास्चेरानोको बिदाई (भिडियो सहित)

माघ १२ । साढे ७ सिजन बार्सिलोनामा बिताएका लेजेन्ड डिफेन्डर जाभियर मास्चेरानोलाई क्याम्प नाउमा भब्य कार्यक्रम गरि बिदाई गरिएको छ । केही दिनअघि क्लबले एक औपचारिक कार्यक्रम गरि उनको बिदाई गरेको भए पनि इस्प्यानियोलसँगको खेलको अघि क्याम्प नाउमा ‘धन्यवाद मास्चेरानो’, ‘मास्चेरानो १०१ प्रतिशत’ लगायतको ब्यानर टाँगी बिदाई गरिएको हो ।

कार्यक्रममा कप्तान आन्द्रेज इनियष्टाले उनलाई जाभी हर्नान्डेजलाई विदाई गरेको शैलीमा फ्रेममा जर्सी राखेर क्याम्प नाउमै प्रदान गरिएको थियो । त्यस्तै, फ्यानहरु आफ्नो स्थानबाट उठेर ताली बजाइरहेका थिए ।

मास्चेरानोले अबको केही सिजन चिनिया क्लब हेबेई फच्र्यूनमा बिताउनेछन् । उनलाई सो क्लबले ५.५ मिलियन यूरो तिरेर भित्र्याएको हो ।

यस बारेमा बार्सिलोनाले एउटा सानो भिडियो नै तयार पारेको छ ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here