मास्चेरानोको मर्मस्पर्सी सन्देश ‘सँधैको लागि बिदा लिएको होइन, पछि भेटौंला’

माघ १२ । बार्सिलोनाबाट चिनको हेबेइ फर्च्यूनसँग सम्झौता गरेको अर्जेन्टाइन जाभियर मास्चेरानोले एक मर्मस्पर्सी सन्देश बार्सिलोनाको नाममा लेखेका छन् ।

शुक्रबार साँझ गरिएको ट्वीटमा मास्चेरानोले लेखेका छन्:

‘धन्यवाद बार्सा, मलाई यो लेख्न पनि अत्यान्त गाह्रो भइरहेको छ । मैले सँधै भन्दै आइरहेको कुरा के भने बार्सिलोनाजस्तो क्लबबाट खेल्न पाउँदा हुने सबैभन्दा गाह्रो अवस्था एक दिन सबैले क्लब छोड्नुपर्छ ।

हो त्यो दिन आयो । म यस घडीमा सबैलाई विशेष धन्यवाद दिन चाहान्छु । मेरो सपना पुरा गरिदिन सघाउने सबैलाई साथै यो अवधिमा सहयात्रा गर्ने सबैप्रति म आभार प्रकट गर्न चाहान्छु ।

सपना पुरा भइसकेको छ । अब उठेर नयाँ चुनौती पार गर्नुपर्ने बेला आइसकेको छ । मैले बार्सिलोनामा बिताएको क्षणहरु मेरो मुटुमा रहनेछन् ।

बार्सिलोनालाई आफ्नै घरजस्तो बनाउन सघाउने सबैलाई धन्यवाद दिन चाहान्छु । आशा गरौं यो सँधैको लागि बिदाई होइन, पछि भेटौंला ।’

भिस्का एल बार्सा
जाभियर मास्चेरानो

उनलाई क्लबले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि बिदाई गरेको थियो भने इस्प्यानियोलसँगको खेल शुरु हुनुभन्दा पहिला क्याम्प नाउमा सार्थकहरुले पनि बिदाई गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here