अन्ततः कोउटिन्हो बार्साको जर्सी लगाएर खेल्न थाले

माघ १२ । अन्ततः किर्तिमानी मूल्यमा लिभरपुलबाट बार्सिलोनाले भित्र्याएको फिलिप कोउटिन्हो बार्साको जर्मीमा मैदान प्रवेश गरेका छन् ।

चोटको कारण मैदान बाहिर रहेका उनी इस्प्यानियोल बिरुद्धको खेलमा कप्तान आन्द्रेज इनियष्टाको बिकल्पमा मैदान प्रवेश गरेका हुन् । खेलको ६८ औं मिनेटमा इनियष्टाको स्थानमा उनी मैदान प्रवेश गर्दा क्याम्प नाउमा रहेका दशौं हजार समर्थकहरुले ताली बजाएका थिए ।

उनी १४ नम्बरको जर्सी लगाएर मैदान प्रवेश गरेका हुन् । उक्त नम्बरको जर्सी पूर्व खेलाडी जाभियर मास्चेरानोले लगाउदै आएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here