कोपा डेल रेको सेमिफाइनल भिडन्तः बार्सिलोना बिरुद्ध भ्यालेन्सिया

माघ १२ । बार्सिलोनाले कोपा डेल रेको सेमिफाइनलमा भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । केही बेरअघि सम्पन्न ड्रमा बार्सिलोनाले भ्यालेन्सिया प्रतिद्धन्दी पाएको हो । उता रियल मड्रिडलाई हराउने लेगानेसले भने सेभियासँग खेल खेल्नेछ ।

सेभियाले एथ्लेटिको मड्रिडलाई समग्रमा ५–२ गोलले, भ्यालेन्सियाले आलाभेसलाई पेनाल्टी सुटआउटमा ३–२ ले, लेगानेसले रियल मड्रिडलाई २–२ (अवे गोलको आधारमा) तथा बार्सिलोनाले इस्प्यानियोललाई २–१ ले हराएको हो ।

यी दुई क्लबबीचको खेल फेब्रुअरी १ मा बार्सिलोनाको घरेलु मैदानमा तथा भ्यालेन्सियाको मैदानमा फेब्रुअरी ८ मा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here