कोपा डेल रे सेमिफाइनल ड्र आज

माघ, १२ । स्पेनिस कप कोपा डेल रेको सेमिफाइनल ड्र आज शुक्रबार बेलुकी ५ः४५ बजे (नेपाली समय अनुसार) हुने भएको छ ।

सेमिफाइनलमा सेभिया, भ्यालेन्सिया, लेगानेस तथा बार्सिलोना पुगेका छन् । सेभियाले एथ्लेटिको मड्रिडलाई समग्रमा ५–२ गोलले, भ्यालेन्सियाले आलाभेसलाई पेनाल्टी सुटआउटमा ३–२ ले, लेगानेसले रियल मड्रिडलाई २–२ (अवे गोलको आधारमा) तथा बार्सिलोनाले इस्प्यानियोललाई २–१ ले हराएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here