स्वारेज र मेसीले गोल गरेपछि इस्प्यानियोल कोपा डेल रे बाट आउट

माघ १२ । बार्सिलोनाले घरेलु प्रतिद्धन्दी इस्प्यानियोललाई पाखा लगाउँदै कोपा डेल रेको सेमिफाइनल यात्रा तय गरेको छ । केहीबेरअघि बार्साको घरेलु मैदानमा सम्पन्न खेलमा मेसी र स्वारेजको गोलले पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको ९ औं मिनेटमा नै बार्सिलोनाका एलेक्सिस भिडालको पासमा स्वारेजले गोल गरेका हुन् । त्यस्तै खेलको २५ औं मिनेटमा मेसी एक्लैले गोल गरे । पहिलो हाफमा गरेको २ गोल नै जितको लागि काफी थियो तर, बार्सिलोनालाई इस्प्यानियोलले गोल गर्ने अवसर दिएन ।

पटक पटक आक्रमणको प्रयास भए पनि असफल भएको थियो । बार्सिलोनाले इस्प्यानियोललाई समग्रमा २–१ ले पराजित गरेको हो । यस अघिको पहिलो लेगमा १–० को हार व्यहोरेको बार्सिलोनाले गतिलो बदला पनि लिएको छ ।

अब सेमिफाइनलमा बार्सिलोनाले लेगानेस, भ्यालेन्सिया वा सेभिया मध्ये एक प्रतिद्धन्दी पाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here