ला लिगा फ्यान्टासीमा बार्सिलोनका ४ खेलाडी, सर्वाधिक अंक टिममा मेसी राख्नेलाई

माघ ११ । स्पेनिस घरेलु लिगको २० औं खेल सकिँदा सबैभन्दा धेरै ला लिगा फ्यान्टासी अंक ल्याउने ११ खेलाडीको सूचीमा बार्सिलोनाका ४ खेलाडी अटाएका छन् । रियल बेटिससँग सुन्दर खेल पस्केको बार्सिलोनाका सबै खेलाडीहरुको योगदान राम्रो रह्यो ।

उक्त ११ जनाको सूचीको शिर्ष स्थानमा लियोनल मेसी परे । मेसीले बेटिसविरुद्ध दुई गोल गरेका थिए ।

यस हप्ता सबैभन्दा धेरै अंक मेसीलाई आफ्नो टिममा पार्नेले अंक ल्याए । अग्रपंत्तिबाट खेल्ने मेसीले कूल २४ अंक प्राप्त गरे । त्यस्तै बार्सिलोनाकै लुईस स्वारेजले १९ अंक प्राप्त गर्दा रियलका रोनाल्डोले १७ अंक पाए ।

मिडफिल्डरहरुमा पनि सबैभन्दा बढी बार्सिलोनाकै इभान राकेटिचले बढी अंक ल्याए । उनले १८ अंक प्राप्त गरे । त्यस्तै भिलारियलका कास्टिलेजो र सेरिसेभले क्रमशः १३ र १२ अंक प्राप्त गरे भने सेभियाका साराबियाले १३ अंक प्राप्त गरे ।

डिफेन्स लाइनमा पनि बार्सिलोनाका जेरार्ड पिके ११ जनामा परेका । पिकेले ११ अंक प्राप्त गरे । त्यस्तैक रियलका नाचोले २० अंक तथा मार्सेलोले १२ अंक पाए भने गोल किपरमा एथ्लेटिक बिल्बाओका आएगो हरेरिन फ्यानहरुको रोजाइमा परे । उनले ९ अंक प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here