रियल मड्रिडलाई हराउँदै कोपा डेल रेको सेमिफाइनलमा लेगानेस पुग्यो

माघ ११ । रियल मड्रिड स्पेनिस कप कोपाल डेल रे फुटबलबाट आउट भएको छ । बुधबार राति सम्पन्न खेलमा घरेलु मैदान सान्टियागो बेर्नाबेउमा लेगानेसले २–१ गोलले हराएपछि रियल आउट भएको हो ।

क्वार्टरफाइनलको पहिलो लेगमा रियल १–० ले विजयी भए पनि दोस्रो लेगमा लेगानेसले २–१ को जित निकालेपछि रियल स्तब्ध भएको हो ।

खेलको ३२ औं मिनेटमा लेगानेसको लागि जाभियर इराजोले गोल गरे । पहिलो हाफमा १–० ले अघि रहेको लेगानेसले खेलको ४७ औं मिनेटमा गोल खाए । लुकास भास्क्वेजको पासमा करिम बेन्जेमाले गोल गरे । तर, ५५ औं मिनेटमा नै जाभियर इराजोको पासमा गाब्रियलले गोल गरेपछि खेलको बाँकी समयमा कुनै पनि गोल हुन सकेन र रियल पराजित हुन पुग्यो । समग्रमा लेगानेस र रियलको २–२ गोल भए पनि अवे गोलको आधारमा लेगानेस सेमिफाइनलमा पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here