पीएसजीसँग हारे जिदानलाई पेरेजले बर्खास्त गर्ने !

माघ ११ । अनपेक्षित रुपमा स्पेनिस कोपा डेल रेमा लेगानेससँग रियल मड्रिडले हारेपछि रियलका प्रशिक्षक जिनेदिन जिदानको भविष्यको बारेमा चर्चा भएको छ । लिगमा शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १९ अंकले पछि पर्नु, कोपा डेल रेमा पनि कमजोर आंकलन गरिएको लेगानेसले पराजित गरेर यात्रा टुङ्ग्याउनुले रियल मड्रिड अधोगति शुरु भएको अन्तर्राट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।

रियललाई पराजित गरेपछि खुसी साँट्दै लेगानेसका खेलाडीहरु

अझै च्याम्पियन्स लिगको अन्तिम १६ मा बलियो प्रतिद्धन्दी पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग भिड्नु परेकोले रियल मड्रिडको यात्रा लगभग आधा सिजनमै सकिने त होइन भनेर चर्चा समेत शुरु भएको छ । यसैबीचमा रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले जिदानको रियल मड्रिड भविष्य पीएसजीपछिको खेल पछि थाहा हुने बताएका छन् ।

जिदानले सन् २०१६ देखि रियल मड्रिड सम्हालेका हुन् । उनले गत सिजन कोपा डेल रे बाहेक ५ वटा महत्वपूर्ण उपाधी रियलका लागि जितेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here