बार्सामा नयाँ युग ! आज कोउटिन्हो र यरी मिनाले डेब्यू गर्ने सम्भावना

माघ ११ । बार्सिलोनाले आजको खेलमा केही समयअघि भित्र्याएका दुई खेलाडीहरु फिलिप कोउटिन्हो र यरी मिनालाई डेब्यूको मौका पाउने सम्भावना बढेको छ । लिभरपुलबाट आउँदा नै कोउटिन्हो सामान्य चोटले मैदान बाहिर रहेका थिए भने यारी मिना फिट भए पनि उनलाई प्राविधिक कारणले टोलीमा समाबेश गरिएको थिएन ।

तर, प्रशिक्षक अर्नेष्टो भालभर्डेले यी दुई खेलाडीहरुलाई टोलीमा समाबेश गरेपछि आज हुने खेलमै डेब्यू गराउने सम्भावना बढेको हो । यी दुइ खेलाडीबाट बार्सिलोनाले धेरै अपेक्षा गरेका छन् ।

क्याम्प नाउमा हुने खेलमा टेर स्टेगन, सेमेडो, पिके, राकेटिच, बुस्केट, इनियष्टा, स्वारेज, मेसी, सिलेसन, कोउटिन्हो, पाउलिन्हो, पाको अल्कासर, जोर्डी अल्बा, लुकास डिने, सर्जि रोबर्टो, गोमेज, भिडाल, युम्टीटी तथा यारी मिना परेका छन् ।

आज अर्थात सोमबार बिहान २ः१५ (नेपाली समय)मा हुने कोपा डेल रेको दोस्रो लेगमा बार्सिलोना घरेलु प्रतिद्धन्दी इस्प्यानियोलसँग मैदानमा उत्रदैछ । बार्सिलोनालाई आजको खेलमा जित्नै पर्ने दबाब छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here