सेभिया, भ्यालेन्सिया र लेगानेस कोपा डेल रेको सेमिफाइनलमा, बार्सिलोनालाई डर

माघ ११ । बुधबार राति सम्पन्न स्पेनिस कप कोपा डेल रेको क्वार्टरफाइनलमा भ्यालेन्सियाले कठिन जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ । आलाभेसको घरेलु मैदानमा भएको खेलको नियमित समयभित्र २–१ गोल भयो ।

आलाभेसको लागी बार्सिलोनाका पुर्व खेलाडी मुनिर अल हदादीले ७३ औं मिनेटमा तथा रुबेन सोब्रिनोले ८६ औं मिनेटमा गोल गर्दा ७७ औं मिनेटमा भ्यालेन्सियाको लागि सान्टी मिनाले गोल गरे ।

यसअघिको पहिलो लेगमा भ्यालेन्सियाले १–० को जित हाँसिल गरेकोले समग्रमा २–२ हुँदा खेल अतिरिक्त समयतर्फ गयो सो अतिरिक्त समयमा पनि कुनै गोल हुन सकेन ।

त्यसपछि खेल पेनाल्टी सुटआउटतर्फ गयो । पेनाल्टीाम भ्यालेन्सिया अब्बल देखियो । भ्यालेन्सियाका लागि रोड्रिगो, सान्टी मिना तथा जोसे गयाले गोल गरे तर, आलाभेसका लागि भने पेड्राजा, हरनान पेरेज तथा रुबेन सोब्रिनोले पेनाल्टी खेर फालेपछि भ्यालेन्सिया सेमिफाइनलमा पुगेको हो । यता आलाभेसका लागि टोमास पिना तथा मुनिर अल हदादीले भने गोल गरेका थिए ।

यससँगै सेमिफाइनलमा सेभिया, भ्यालेन्सिया र लेगानेस पुगेको छ । सेभियाले एथ्लेटिको मड्रिलाई, लेगानेसले रियल मड्रिडलाई हराएर अघिल्लो चरण प्रवेश गरेको हो ।

आज (शुक्रबार बिहान २ः१५ नेपाली समय) मा सेमिफाइनलमा स्थान बनाउनको लागि बार्सिलोनाले घरेलु प्रतिद्धन्दी इस्प्यानियोलको सामना गर्नुपर्नेछ । यसअघिको पहिलो लेगमा इस्प्यानियोलले बार्सिलोनालाई १–० ले हराएको थियाे । विशेष गरेर कप खेलमा बलिया टिमहरुले पराजय व्यहोर्नुपरेको दृष्टान्त छ । सोही दृष्टान्तलाई चिर्नको लागि बार्सिलोना बलियो रुपमा क्याम्प नाउमा प्रस्तुत हुनुपर्नेछ । बार्सिलोनालाई बराबरीले पनि पुग्दैन कम्तीमा पनि १ गोलको अन्तरको जितको आवश्यकता छ । यसबारेमा प्रशिक्षक अर्नेष्टो भालभर्डेले पनि खेल सहज नहुने बताइसकेका छन् ।

अझै विशेष गरेर इस्प्यानियोल र बार्सिलोना दुबै क्याटालान क्लब भए पनि सम्बन्ध राम्रो छैन । त्यसैले हरेक खेलअघि यी दुई क्लबका प्रशिक्षकहरुको भेट हुने गरेको छ । उक्त भेटमा सौहार्दपूर्ण खेल सम्पन्न गर्ने भन्ने सम्झौता हुने गरेको छ । क्याटालान डर्बीको रुपमा समेत परिचित यस खेलमा दर्शकहरु पनि निकै उत्तेजित रुपमा प्रस्तुत हुने गर्छ ।

याे पनि पढ्नुहाेस्

इस्प्यानियोलसँग बार्सिलोनाले कसरी हार्यो ? (विश्लेषण)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here