बर्थडे ब्याई स्वारेजले यसरी मेसीको तारिफ गरे

माघ १० । सन् १९८७ मा उरुग्वेको साल्टोमा आजकै दिन जन्मिएका लुईस स्वारेजले बार्सिलोनाले लियोनल मेसीजस्तो खेलाडी पाउनु भाग्य भएको बताएका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मेसीले हरेक खेलमा केही न केही नयाँ कला देखाउने गरेको भन्दै रियल बेटिससँगको खेलमा पनि उनले आफ्नो त्यस्तै कला प्रस्तुत गरेको बताएका हुन् ।

मेसीको खेल हेर्न पाएकोमा यो पीढीले उनलाई विशेष रुपमा हेर्नुपर्ने बताएका छन् । ‘मेसी विश्वकै सबैभन्दा महान् खेलाडी हुन् यसमा दुईमत छैन, यो पुताले प्रत्यक्ष रुपमा मेसीको खेल हेर्न पाएका छन्, उनलाई विशेष धन्यवाद दिनुपर्छ उनले भने ।’

लिभरपुलबाट बार्सिलोना आएका स्वारेज उत्कृष्ट स्ट्राइकर हुन् । मेसी र स्वारेजको दोस्ती मैदानमा मात्रै होइन पारिवारिक रुपमा पनि रहेको हुँदा बार्सिलोनामा यो जोडी जमेको कुराहरु पनि बाहिर आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here