RIVAL WATCH: एथ्लेटिको मड्रिड कोपा डेल रेबाट बाहिरियो

माघ १० । ला लिगाको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड स्पेनिस कप कोपा डेल रेबाट बाहिरिएको छ । सेभिल्लासँग समग्रमा ५–२ को हार व्यहोर्दै एथ्लेटिको मड्रिड क्वार्टर फाइनलबाटै बाहिरिएको हो ।

पहिलो लेगमा घरेलु मैदानमा २–१ को हार व्यहोरेको एथ्लेटिको मड्रिडले दोस्रो लेगमा पनि ३–१ को हार व्यहोरेपछि कपको यात्रामा पूर्ण विराम लागेको हो ।

जितसँगै सेभिल्ला भने सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै, घरेलु प्रतिद्धन्दी पाएको बार्सिलोनाले शुक्रबार बिहान २ः१५ (नेपाली समय)मा इस्प्यानियोलको सामना गर्नुपर्नेछ । पहिलो लेग बार्सिलोनाले १–० ले हारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here