नेयमारको अवस्थाप्रति पीएजीका प्रमुख चिन्तित, युनाई उनको समर्थनमा

माघ १० । बार्सिलोनाबाट यसै सिजन फ्रान्सको जाइन्ट क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका नेयमारको अवस्थाप्रति क्लबका प्रमुख चिन्तित बनेको समाचार प्रकाशित भएको छ । फ्रान्सको दैनिक पत्रिका ला पारिसनले यस्तो कुरा बाहिर ल्याएको हो ।

किर्तिमानी मूल्य २२२ मिलियन यूरोमा बार्सिलोनाबाट भित्र्याएको नेयमारको बर्तमान् शारिरिक अवस्थामा मात्रै होइन उनी र सहकर्मीहरुबीचको अन्तरको बारेमा पनि क्लब चिन्तित बनेको समाचारमा प्रकाशित छ । क्लबमा नेयमार र अग्रपंत्तिबाट खेल्ने खेलाडीहरुबीच राम्रो तालमेल छैन । पीएसजीले टिम गेम नभई व्याक्तिगत खेल खेल्न थालेको अवस्थालाई प्रशिक्षक युनाई एमरीले नै सम्हाल्न सकिरहेका छन् ।

एडिसन काभानीको उमेर ढल्कँदै गए पनि क्लबमा उनको प्रदर्शन उच्च रहेको छ । त्यस्तै, मोनाकोबाट लोनमा ल्याइएको एम्बाप्पे पनि उत्तिकै लयमा रहेको कारणले नेयमारको अवस्था के हुने भन्ने बारेमा क्लब सञ्चालन गरिरहेका कतार स्पार्टस् इन्भेष्टमेन्टका अधिकारीहरुले चिन्ता व्यक्त गरेको बताइएको हो ।

उता प्रशिक्षक एमरीले भने मंगलबार भएको पत्रकार भेटघाटमा नेयमारको बारेमा खुलेर प्रशंसा गरेका छन् । लिगमा डिजोन एफसीओलाई ८–० ले जित्दा नेयमार एक्लैले ४ गोल गरेका थिए । खेलमा पाएको पेनाल्टी हान्ने अवसर पनि नेयमारले पाएका थिए । खेलमा एक मात्रै गोल गरेका काभानीले उक्त पेनाल्टीलाई गोलमा परिणत गरेको भए उनी पीएसजीको सर्वाधिक गोल गर्ने खेलाडीमा गनिन्थे । तर, नेयमारलाई पेनाल्टी हान्न दिँदा समर्थकहरुले त्यस्तो निर्णयमा नेयमार बिरुद्ध सिट्टी बजाएका थिए । यस बारेमा पनि एमरीले समर्थकहरुले सबै खेलाडीहरुलाई माय गर्ने गरेको भनेर नेयमारको बचाउ गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here