साढे ७ सिजन बार्सामा बतिाएका मास्चेरानोको बिदाई आज

माघ १० । बार्सिलोनाका डिफेन्डर जाभियर मास्चेरानोले क्लब छोड्ने भएका छन् । साढे सात वटा सिजन बार्सिलोनाको डिफेन्स लाइन सक्हालेका उनी चाइनिज सुपर लिग खेल्ने क्लब हेबेइ चाइना फर्च्यूनमा जान लागेका हुन् । त्यसको लागि उनको ट्रान्सफर मूल्य १० मिलियन यूरो तोकिएको छ ।

उनलाई आज बुधबार क्लबले बिदाई गर्ने भएको छ । जसमा क्लबका अध्यक्ष जोसेफ मारिया बार्तोमेउ, पहिलो टिमका खेलाडी तथा प्रशिक्षक समावेश हुनेछन् ।

मास्चेरानोले अर्नेष्टो भालभर्डेको अन्डरमा जम्मा १२ खेलमा मात्रै सहभागिता जनाउन पाएका छन् । क्लबमा जेरार्ड पिके, थोमास भमाईलिन तथा स्यामुअल युम्टीटी भएपछि उनी आफ्नो बाँकी छवी देखाउन चाइना जानु परेको हो ।

सन् २०१० मा लिभरपुलबाट बार्सिलोना आएका उनी बार्सिलोनाको जर्सीमा ३३४ खेल खेलेका छन् । उनी १८ वटा उपाधी जित्दा उनको पनि हात रहेको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here