भावुक हुँदै मास्चेरानोले भने ‘म अब बार्सिलोनाको खेलाडी रहिन’

माघ १० । अर्जेन्टाइन डिफेन्डर जाभियर मास्चेरानोले आदिकारिक रुपमा बार्सिलोना छाडेका छन् । साढे ७ सिजन बार्सिलोनामा बिताएका उनलाई चिनिया क्लब हेबेइ फर्च्यूनले ५.५ मिलियन यूरो तिरेर भित्र्याएको हो ।

उनको बिदाई कार्यक्रममा पहिलो टिमका खेलाडी मात्रै नभई बार्सिलोनाका पूर्व खेलाडी तथा पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । त्यस्तै पुर्व खेलाडी जार्भी हर्नान्डेजले त कतारबाटै उनलाई भिडियो सन्देस पठाएर सम्झिए ।

बिदाईको औपचारिक कार्यक्रमा बोल्दै मास्चेरानोले भने ‘मैले साँचो कुरा भन्नैपर्छ म अब बार्सिलोनाको खेलाडी रहिन’ यसो भन्दैगर्दा उपस्थित सबैजनाको अनुहार मलिन थियो ।

उनको बिदाईमा बार्सिलोनाका प्राय सबै खेलाडीहरुले सामाजिक सञ्जालमा धन्यवाद नोट लेखेका छन् ।

सन् २०१० देखि उनी बार्सिलोनाको जर्सीमा ३३४ पटक मैदान उत्रिए । भने १८ वटा उपाधीको हकदार पनि बने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here