बार्सिलोनाबिरुद्ध उत्रदै यी दुई प्रभावशाली पूर्व खेलाडीहरु

माघ १० । च्याम्पियन्स लिगको समूह चरणको खेलहरुको शिर्षस्थानबाट आएको बार्सिलोनाले अन्तिम १६ को खेलमा इंग्लिस क्लब चेल्सी प्रतिद्धन्दी पाएको छ । चेल्सीबिरुद्धको खेलमा बार्सिलोनाका प्रभावशाली दुई पूर्व खेलाडीहरु पनि मैदानमा उत्रदैछन् । ती खेलाडीहरु हुन्  पेड्रो रोड्रिग्वेज र सेस फाब्रीगास

पेड्रो रोड्रिग्वेजको बार्सिलोना सम्बन्ध पनि निकै राम्रो छ । पेड्रो ला मासियाका खेलाडी हुन् । उनी सन् २००४ देखि बार्सिलोनामा आबद्ध भएका हुन् । युथ एकेडेमी, बार्सिलोना सी, बार्सिलोना बी हुँदै पेड्रोले सिनियर टिमबाट सन् २००८ मा डेब्यू गरेका हुन् ।

उनले सन् २००८ देखि २०१५ सम्म बार्सिलोनाबाट खेले । बार्साबाट २०४ खेल खेलेका उनले बार्सिलोनाको लागि ५८ गोल पनि गरे । उनी सन् २०१५ मा चेल्सी गएका हुन् । उनले चेल्सीकाे जर्सीबाट ८० भन्दा बढी खेल खेलिसकेका छन् भने २० गोल पनि गरिसकेका छन् ।

त्यस्तै, अर्का खेलाडी सेस फाब्रीगास र बार्सिलोनाको सम्बन्ध निकै पुरानो हो । उनी सन् १९९७ मा बार्सिलोनाको युथ एकेडेमीमा आबद्ध भएका थिए । उनी त्यहाँ ६ वर्षसम्म रहे । र आर्सनलतिर लागे । उनलाई बार्सिलोनाले सन् २०११/१२ को सिजनमा पुनः क्लबमा भित्र्याएको थियो । उनले बार्सिलोनाको जर्सीमा ९६ खेल खेले । जसमा २८ गोलको योगदान पनि दिए । उनी सन् २०१४ देखि चेल्सीसँग आबद्ध भएका हुन् ।

 

अन्तिम १६ को पहिलो लेग फेब्रअरी २१ मा चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ भने दोस्रो लेग मार्च १५ मा घरेलु मैदान क्याम्प नाउमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here