NEXT MATCH: कोपा डेल रेको दोस्रो लेग शुक्रबार बिहान

माघ ९ । स्पेनिस कोपा डेल रे अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा घरेलु प्रतिद्धन्दी इस्प्यानियोलसँग १–० को हार व्यहोरोको बार्सिलोनाले शुक्रबार बिहान २ः१५ (नेपाली समय) मा दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ ।

यस अघि अवे खेलको ८८ औं मिनेटमा इस्प्यानियोलका खेलाडी मार्क नाभारोको पासमा ओस्कार मिलिन्डोले गोल गरेर अग्रता लिएको थियो ।

बार्सिलोनाको लागि यो खेल जित्नु आवश्यक छ । बराबरीले पनि इस्प्यानियोल अर्को चरणमा प्रवेश गर्ने हुँदा बार्सिलोना उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here