बार्सिलोनाका पूर्व खेलाडी सान्चेज म्यान्चेस्टर युनाइटेडमा आबद्ध

    राफिन्हा लोनमा इन्टरमिलान

    माघ ९ । बार्सिलोनका पूर्व खेलाडी एलेक्सिस सान्चेज इंग्लिस क्लब आर्सनलबाट म्यान्चेस्टर युनाइटेड पुगेका छन् । म्यान्चेस्टर युनाइटेले मिकिटारियलाई आर्सनल पठाएर सान्चेज भित्र्याएको हो ।

    सान्चेजले बार्सिलोनाबाट ८८ खेल खेले जसमा उनले ३९ गोलको योगदान पनि गरे । सन् २०११ मा रिभर प्लेटबाट उनी बार्सिलोना आएका थिए । ३ सिजन बार्सिलोनाबाट खेलेका उनी सन् २०१४ मा आर्सनल गएका थिए । २९ वर्षीय सान्चेजलाई म्यान्चेस्टर युनाइटेडले भित्र्याएको हो । उनी ७ नम्बरको जर्सीमा मैदान उत्रनेछन् ।

    त्यस्तै, बार्सिलोनाका खेलाडी राफिन्हा पनि लोनमा इन्टरमिलान गएका छन् । राफिन्हा इन्टरमिलान पुगेर त्यहाँको जर्सी समेत लगाइसकेका छन् । बार्सिलोनाले उनलाई त्यहँ लोनमा पठाएको हो । यदी उक्त क्लबले किन्न चाहेमा ३५ मिलियन यूरो तिर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here