भर्माइलिन पुनः घाइते, आज मेडिकल परिक्षण हुने

माघ ८ । बार्सिलोनाका डिफेन्डर थोमास भर्माइलिन पुनः घाइते भएका छन् । रियल बेटिससँग बार्सिलोनाले ५–० को शानदार जित निकाले पनि फर्मममा रहेका भर्माइलिन घाइते हुँदा बार्सिलोनाको ‘सोलिड’ डिफेन्स लाइन चुक्ने त होइन भन्ने प्रश्न खडा भएको छ ।

भर्माइलिनलाई हामस्ट्रिङ भएको हो । खेलको ३८ औं मनिेटमा नै उनी समस्यामा देखिन्थे । तर, उनलाई खेलको ४३ औं मिनेटमा मैदानक बाहिर ल्याइएको थियो । उनको स्थानमा स्यामुअल युम्टीटी मैदान प्रवेश गरेका थिए । युम्टीटी आफै डिसेम्बर २ देखि हामस्ट्रिङकै कारण मैदान बाहिर रहेका थिए ।

बार्सिलोनाले भर्मायलिनको चोट कस्तो हो त्यसबारेमा सोमाबार हुने मेडिकल परिक्षणपछि थाहा हुने बताएको छ । भर्माइलिनको देब्रे खुट्टामा हामस्ट्रिङ भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here