अब भर्माइलिनले यी खेलहरु गुमाउने

माघ ८ । आइतबार सम्पन्न रियल बेटिससँगको खेलमा घाइते भएका बार्सिलोनाका डिफेन्डर थोमास भर्माइलिन दुई हप्ता मैदान बाहिर हुने भएका छन् । यस सिजन बार्सिलोनाको ‘सोलिड’ डिफेन्स लाइनमा उनको पनि नाम जोडिएको छ ।

भर्माइलिनलाई हामस्ट्रिङ भएको हो । बेटसिसँगको खेलको ३८ औं मिनेटमा नै उनी समस्यामा देखिन्थे । तर, उनलाई खेलको ४३ औं मिनेटमा मैदानक बाहिर ल्याइएको थियो । उनको स्थानमा स्यामुअल युम्टीटी मैदान प्रवेश गरेका थिए । युम्टीटी आफै डिसेम्बर २ देखि हामस्ट्रिङकै कारण मैदान बाहिर रहेका थिए ।

देब्रे खुट्टामा हामस्ट्रिङ समस्या देखिएपछि उनको सोमबार थप परिक्षण भएको थियो । अब उनले जनावरी २६ मा इस्प्यानियोलसँग हुने कोपा डेल रेको दोस्रो लेग, २९ मा आलाभेससँग हुने ला लिगा तथा फेब्रुअरी ४ मा इस्प्यानियोलसँग हुने ला लिगाको खेल गुमाउनेछन् ।

सम्भवतः उनी फेब्रुअरी ११ मा गेटाफेसँग हुने ला लिगा खेलमा फर्कनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here