बेटिसको पोष्टमा बार्सिलोनाको ५ गोल

माघ ८ । आइतबार राति रियल बेटिसको घरेलु मैदान बेनिटो भिल्लामरिनमा सम्पन्न ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले घरेलु टोलीलाई ५–० को गोलले स्तब्ध बनाएको छ । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको पनि ५९ औं मिनेटमा बार्सिलोनाले इभान राकेटिचको गोलबाट अग्रता लियो । लुई स्वारेजको पासमा राकेटिचले गोल गरेका हुन् ।

त्यस्तै, ६४ औं मिनेटमा सर्जियो बुस्केटको पासमा मेसीले गोल गरे । ६९ औं मिनेटमा राकेटिचको पासमा स्वारेजले, ८० औं मिनेटमा स्वारेजको पासमा मेसीले तथा ८९ औं मिनेटमा मेसीको पासमा स्वारेजले गोल गरि बार्सिलोना विजयी भएको हो ।

जितसँगै बार्सिलोनाले २० खेलबाट ५४ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान खेलबाट ४३ अंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here