ला लिगाको ११४ खेलमै स्वारेजको १०० गोल

    माघ ८ । सबैभन्दा कम खेल खेलेर लुईस स्वारेजले ला लिगामा बार्सिलोनाको लागि १ सय गोल पुरा गरेका छन् । शनिबार राति रियल बेटिस बिरुद्धको खेलमा पनि गोल गरेपछि स्वारेजले बार्सिलोनाको लागि खेलेको ११४ खेलमा १०० गोल पुर्यएका हुन् ।

    बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले १०० गोल पुर्याउनका लागि १५४ खेल खेल्नु परेको थियो । मेसीले हालसम्म ला लिगामा ३६८ गोल गरिसकेका छन् ।

    त्यस्तै, सिजरले १५९ खेल खेलेर १०० गोल गरेका थिए । उनले २८७ खेल खेल्दा गोलसंख्या १९० पुर्याएका थिए ।

    बार्सिलोनाका अर्का खेलाडी कुबालाले १३२ खेलमा १०० गोल गरेका थिए । उनले कूल १८६ खेल खेल्दा १३१ गोल गरे भने स्यामुअल इटोले १३० खेलमा १०० गोल गरेका थिए । इटोले १४४ खेलमा १०८ गोल गरेका थिए ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here