कार्लेस पेरेजको ह्याट्रिकमा बार्सिलोना बी विजयी

माघ ८ । आइतबार राति सम्पन्न स्पेनिस लिग सेगुन्डा डिभिजनमा बार्सिलोना बीले टेनेरिफलाई पराजित गरेको छ ।

टेनेरिफको घरेलु मैदान हेलियोडोरो रोड्रिगेज जोपेजमा सम्पन्न खेलम बार्सिलोना बी का कार्लेस पेरेजले ह्याट्रिक हाने । उनले खेलको १० औं, १५ औं तथा ३६ औं मिनेटमा गोल गरेका हुन् ।

लाइन अप

पहिलो हाफमा सनसनीपूर्ण प्रदर्शन गरेको बार्सिलोना बीलाई दोस्रो हाफमा घरेलु टिमले रोक्यो । उता टेनेरिफको लागि खेलको ७८ औं मिनेटमा जोर्जे सेन्जले सान्त्वना गोल गरे ।

बार्सिलोना बी सेगुन्डा डिभिजनको १९ औं स्थानमा रहेको छ । जहाँ २२ क्लब खेलिरहेका छन् ।

अब बार्सिलोना बीले शनिबार ग्रानाडासँग खेल खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here